तिब्बती शरणार्थी क्याम्पमा अमेरिकी राजदूतसँगै विभिन्न मुलुकका कुटनीतिज्ञ
ललितपुरको एकान्तकुनास्थित तिब्बती शरणार्थी क्याम्पमा आज अमेरिकी राजदूतलगायत काठमाडौंस्थित विभिन्न मुलुकका राजदूत र प्रतिनिधि पुगेका छन् । उनीहरु क्याम्पमा आयोजित ग्याल्बो ल्होसार मनाउन पुगेको बताइएको छ ।
शरणार्थी क्याम्पमा बिहान सबेरै पुगेकामा अमेरिकी राजदूत डिनआर थम्सन, अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्क हुन् । उहाँहरु बिहान ८ नबज्दै त्यहाँ पुगेको बताइन्छ ।
त्यसैगरी युएनएचसीआरका नेपाल प्रतिनिधि दिपा दिक्षित र स्वीस राजदूत एलिजाबेथ भोन क्यापेलर अमेरिकी र अष्ट्रेलियन राजदूतभन्दा पछि पुगेका हुन् । सबैभन्दा पछाडि युरोपियन युनियनका प्रतिनिधि साढे ८ बजेतिर पुगेको क्याम्प स्रोतले बताएको छ ।
अन्य आमन्त्रित र तिब्बती शरणार्थीहरु गरेर झण्डै तीन सय जनाको उपस्थितिमा मनाइएको साँस्कृतिक कार्यक्रम दिउँसोको खाना (लञ्च) पछि समापन गरिएको हो । त्यसक्रममा पाहुना र शरणार्थीहरुबीच शुभकामना आदानप्रदान गरिएको थियो ।
टिप्पणीहरू