प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण कतारमा

प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण कतारमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कतार जाने हुनुभएको छ । उहाँ राजधानी दोहामा हुने अतिकम विकसित मुलुकहरूको पाँचौँ सम्मेलनमा सहभागी हुन जान लाग्नुभएको हो । 

प्रधानमन्त्री आगामी शुक्रबार त्यसतर्फ जानुहुने छ । सो क्रममा उहाँ संयुक्त राष्ट्र संघका विभिन्न कार्यक्रम र साइडलाइन बैठक तथा द्विपक्षीय बैठकमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार सम्मेलनका क्रममा आयोजना हुने  विषयगत आठ वटा गोलमेच बैठकमध्ये तीन बैठकमा नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाउने छ । प्रधानमन्त्रीले फागुन २० गते सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ ।

दोहामा रहँदा उहाँ नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रम र नेपाली समुदायसँगको कार्यक्रममा पनि सहभागी हुनुहुने जनाइएको छ । प्रधानमन्त्री फागुन २२ गते स्वदेश फर्कनुहुने छ ।

यसपटक नेपालबाहेक अन्य दुई राष्ट्र अतिकम विकसित मुलुकबाट स्तरोन्नतिकाे क्रममा छन् । बंगलादेश र लाओस उक्त लाइनमा रहेका मुलुक हुन् ।

टिप्पणीहरू