युक्रेन युद्ध अन्त्य गर्न चीनको १२ बुँदे प्रस्ताव, रुसद्वारा स्वागत

युक्रेन युद्ध अन्त्य गर्न चीनको १२ बुँदे प्रस्ताव, रुसद्वारा स्वागत

युक्रेन युद्धको राजनीतिक र कूटनीतिक समाधान गर्न चीनले नयाँ प्रस्ताव अघि सारेको छ । चीनले सारेको शान्ति प्रस्तावको लगत्तै मस्कोले स्वागत गरेको छ ।

रुसले चीनले गरेको युद्धविरामको स्वागत गरेको छ । चीनले अघि सारेको १२ बुँदे शान्ति योजनामा विस्तृत युद्धविरामको आह्वान गरिएको छ । रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले उक्त प्रस्तावको स्वागत गरेकी छन् ।  

तर उनले युक्रेनले नयाँ भूभागको वास्तविकता र आधिपत्य स्वीकार्नुपर्ने धारणा राखेकी छन् । यसअघि रुसले दोनेत्सक, लुहानश्क, खर्सन र जापोरिझिया, क्राइमियालाई आफ्नो भूभागमा गाभेको छ ।
 

टिप्पणीहरू