विमानस्थल जाने बेलामा प्रधानमन्त्रीद्वारा परराष्ट्रमन्त्रीको विदेश भ्रमण रद्ध

विमानस्थल जाने बेलामा प्रधानमन्त्रीद्वारा परराष्ट्रमन्त्रीको विदेश भ्रमण रद्ध

सत्ता समीकरणमा आएको परिवर्तनपछि परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालको विदेश भ्रमण अन्तिम समयमा रोकिएको छ । आजदेखि हुने भनिएको परराष्ट्रमन्त्रीको जेनेभा भ्रमण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोकिदिनुभएको हो । 

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको बैठकमा भाग लिन मन्त्री पौड्याल आज साँझ जेनेभा जाने कार्यक्रम थियो । भ्रमणको अन्तिम तयारीमा रहनुभएकी पौड्याललाई अपरान्ह प्रधानमन्त्रीले जेनेभा नजान निर्देशन दिनुभएको बुझिएको छ ।

टिप्पणीहरू