सशस्त्र प्रहरीद्वारा लाखौंका अवैध सामान बरामद
सशस्त्र प्रहरी बलले रौतहटमा झण्डै छ लाख रुपैयाँको चोरीपैठारीका लत्ताकपडा र किराना सामान बरामद गरेको छ । सशस्त्रको टोलीले गौर नगरपालिका ५ स्थित सबगढा र गरुडा नगरपालिका ५ स्थित शिवनगरबाट भारतबाट चोरीपैठारीका लत्ताकपडा र किराना सामान बरामद गरेको जनाइएको छ ।
भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरिएको लत्ताकपडा तथा किराना सामान सशस्त्र प्रहरी बल नेपालको नम्बर ११ गण रौतहटले बरामद गरेको हो । सबै सामान भन्सार कार्यालय गौरमा बुझाइएको छ ।
टिप्पणीहरू