उपराष्ट्रपतिको चुनावसम्म संसद बैठक नबस्ने

उपराष्ट्रपतिको चुनावसम्म संसद बैठक नबस्ने

आज दिँउसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै बस्ने गरी बैठक स्थगित गरिएको हो । 

संघीय संसद सचिवालयले सूचना जारी गर्दै आजका लागि तय भएको बैठक आँउदो चैत ५ गतेका लागि निर्धारण गरेको जानकारी गराएको छ । विशेष कारणबस आज बैठक बस्न नसकेको उल्लेख गर्दै सचिवालयले चैत ५ गते दिँउसो १ बजेका लागि तय भएको जनाएको छ । 

आज बस्ने भनिएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची थियो ।

चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । त्यसअघि फागुन २५ गते राष्ट्रपतिको चुनाव छ ।
 

टिप्पणीहरू