चिनियाँ राष्ट्रिय जनकंग्रेसको वार्षिक अधिवेशन आइतबारदेखि शुरु

चिनियाँ राष्ट्रिय जनकंग्रेसको वार्षिक अधिवेशन आइतबारदेखि शुरु फाइल फाेटाे

चिनियाँ राष्ट्रिय जनकंग्रेसको वार्षिक अधिवेशन आगामी आइतबारदेखि राजधानी बेइजिङमा शुरु हुँदैछ । राष्ट्रिय जनकंग्रेस चीनको संसद् हो । संसदको वार्षिक अधिवेशनमा तीन हजार जनप्रतिनिधिको सहभागिता रहने बताइएको छ ।

यस पटकको अधिवेशनले सरकार तथा कम्युनिष्ट पार्टीको सघन र विस्तृत पुनर्गठनबारे राष्ट्रपति सी चिनफिङको प्रस्तावित योजनामाथि छलफल गर्ने जानकारी पनि दिइएको छ । अधिवेशनले सांघाईका पूर्व पार्टीप्रमुख ली चियाङलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गर्ने मोटामोटी निश्चित रहेको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यसैगरी केही महत्वपूर्ण र उच्च पदमा नयाँ अधिकारीहरु पनि नियुक्त हुनेछन् । यो वर्ष चीन सरकारले मुलुकको आर्थिक वृद्धिदर कम्तीमा ५ र बढीमा ६ प्रतिशतको बीचमा कायम रहने अनुमान गरेको छ ।

टिप्पणीहरू