सबैतिरको उपनिर्वाचन बैशाख १० गते एकैदिन
चितवन २ मा बैशाख १० गते हुने उपनिर्वाचनको दिन अन्य रिक्त स्थानमा पनि उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति पदमा निर्वाचित भएपछि खाली हुने सम्बन्ति निर्वाचन क्षेत्रको उपनिर्वाचन पनि चितवनमा झैँ बैशाख २ गते गर्ने तयारी गरेको छ ।
फागुन २५ हुने राष्ट्रपति र चैत ३ गते तोकिएको उपराष्ट्रपतिको निर्वाचनपछि रिक्त हुने स्थानमा पनि सोही दिन उपनिर्वाचन गर्ने बताइएको छ । राष्ट्रपतिको निर्वाचनमा रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङमध्ये जो विजयी भए पनि सो स्थानको सांसद पद रिक्त हुने भएकाले बैशाख १० गते उपनिर्वाचन गराइन लागिएको हो ।
त्यसैगरी उपराष्ट्रपतिको निर्वाचनमा पनि कुनै सांसद उम्मेदवार बनेर विजयी भएको अवस्थामा रिक्त हुने स्थानमा समेत सोही दिन उपनिर्वाचन गराइने आयोगले प्रष्ट पारेको छ ।
राष्ट्रपति निर्वाचनमा काँग्रेसका वरिष्ठ नेता तथा आठदलीय गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेल तनहुँ–१ बाट विजयी सांसद हुन् । त्यस्तै एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ गत निर्वाचनमा इलाम–२ विजयी भएका हुन् ।
दोहोरो नागरिकता बोकेको अभियोगमा चितवन–२ का सांसद रवि लामिछाने सर्वोच्च अदालतको आदेशपछि पदमुक्त भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेकोह हो ।
टिप्पणीहरू