बैंकहरुको सुरक्षाको जिम्मा सिडिओलाई
गृह मन्त्रालयले मुलुकका बैंक तथा वित्तीय संस्थाहरुको सुरक्षाको व्यवस्था मिलाउन सिडिओ कार्यालयलाई निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी तीन वटा संघले सुरक्षा मागेपछि गृहले उक्त व्यवस्था मिलाउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो ।
नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसासिएसन, नेपाल वित्त कम्पनी संघ र लघुवित्त बैंकर्स संघले सुरक्षा माग गरेका हुन् । उनीहरुको मागपछि मन्त्रालयले सबै जिल्लाका सिडिओलाई जिल्लाका बैंक तथा वित्तीय संस्थाहरुको सुरक्षामा विशेष ध्यान दिन भनेको छ ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुविरुद्ध संगठित आक्रमण हुन थालेपछि उनीहरुले सुरक्षाको माग गरेका हुन् । मेडिकल व्यवसायीको नेतृत्वमा बैंक तथा वित्तीय संस्थाबाट लिइएको कर्जा तिर्न नपर्ने भन्दै समूह गठन गर्ने, बैंकका कर्मचारीलाई कालोमोसो दल्ने कार्य हुन थालेपछि बैंकरहरु सशंकित भएका हुन् ।
प्रसाईंले २० लाख रुपैंयाँसम्मको ऋण मिनाहा हुनुपर्ने हल्ला गर्दै अन्यथा सकेको कारबाही गर्न ऋणी र सर्वसाधारणलाई उराल्दै आएका छन् ।
टिप्पणीहरू