पार्टीको कार्यक्रममा हिँडेका एमाले नेता रामबहादुर थापाको दुर्घटनामा निधन

पार्टीको कार्यक्रममा हिँडेका एमाले नेता रामबहादुर थापाको दुर्घटनामा निधन

नेकपा एमालद्धारा सञ्चालिन 'ग्रास रुट अभियान'मा भाग लिन जाँदै गर्दा प्युठानमा एकजनाको मृत्यु भएको छ । मोटरसाइकल चढेर कार्यक्रममा हिँडेका एमाले कार्यकर्ता गोपाल थापाको सडकमा रोकिराखेको जेसिबीमा ठोक्किएर ज्यान गएको हो । 

माण्डवि गाउँपालिका –५ आपचौरमा जेसिबि र मोटरसाइकल ठोक्किएर दुर्घटना हुदाँ गोपाल भनिने रामबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाटोमा काम गरिरहेको जेसीबीमा मोटरसाइकल ठोक्किदा ऐरावती –२ टिकुरी बस्ने थापाको घटनास्थलमै प्राण गएको हो । 

मोटरसाइकलमा सबार कमला भुसाल भने घाइते भएकी छिन । घाइते भुसालको विजुवारस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

एमाले प्युठानका जिल्ला कमिटी सदस्य रहेका थापा र भुसाल ‘मिसन ग्रास रुट’ कार्यक्रमका लागि रानिबगरमा आयोजना भएको वडास्तरिय कार्यक्रममा सहभागी हुन जाँदै थिए । उक्त घटना पछि एमालेले कार्यक्रम स्थगित गरेको छ ।
 

टिप्पणीहरू