पाँच बर्ष पनि नटिकेको प्रेम,अभिनेत्री निशा अधिकारी र क्रिकेटर शरद भेषवाकर अलग

पाँच बर्ष पनि नटिकेको प्रेम,अभिनेत्री निशा अधिकारी र क्रिकेटर शरद भेषवाकर अलग

अभिनेत्री निशा अधिकारीले पति तथा क्रिकेटर शरद भेषवाकर विरुध्द दायर गरेको मुध्दामा जिल्ला अदालत काठमाडौंले सम्पत्तिको फाँटबारी देखाउन आदेश दिएको छ । अभिनेत्री निशा अधिकारीले भेषवाकरविरुध्द दायर गरेको अंशबण्डा मुद्दामा उक्त आदेश भएको बताइएको छ ।

न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले हिजो सम्पत्ति फाँटबारी माग (आफ्नो सम्पत्ति अदालतलाई देखाउन) आदेश दिएको हो । अभिनेत्री अधिकारीले गत भदौ २८ गते दायर गरेको मुध्दामा नाबालक छोरालाई पनि अंशमा भाग लगाउनुपर्ने माग गरेकी छन् ।

उनीहरुबीच पाँच वर्षअघि २०७४ सालमा विवाह भएको थियो । अधिकारी र भेषवाकरबीच एउटा सन्तानको पनि जन्म भएको छ ।
 

टिप्पणीहरू