बालुवाटारतिर भएभरका माओवादी कुदाकुद

बालुवाटारतिर भएभरका माओवादी कुदाकुद

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माओवादी विचारधारा मान्ने सबै घटकका नेता पुगेका छन् । बिभाजित सबै माओवादी  घटकबीचको बैठक बालुवाटारमा शुरु भएको छ ।

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा थालिएको बैठकमा पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईको पनि उपस्थिति छ । 

त्यसैगरी माओवादी नेताहरु सीपी गजुरेल, कृष्णबहादुर महरा,देव गुरुङ,खड्गबहादुर बिक प्रकाण्ड,आहुति, कर्णजीत बुढाथोकी, हेमन्तप्रकाश ओलीलगायत पनि बालुवाटार पुगिसकेको स्रोतको दाबी छ ।

सर्वोच्च अदालतले गत शुक्रबार द्वन्द्वपीडितले न्याय पाउने विषयलाई अनन्तकालसम्म अल्झाएर राख्न नमिल्ने धारणा सार्वजनिक गरेपछि विशेषगरी माओवादीनिकट नेताहरुले चर्को प्रतिक्रिया जनाउँदै आएका छन् । उनीहरु सबैले एउटै स्वरमा उक्त धारणाको विरोध गरेका छन् । 

यता द्वन्द्वपीडित अधिकारवादीले सर्वोच्च अदालतलाई नधम्क्याउन माओवादी दलका नेताहरुलाई आग्रह गरेका छन् । मानवअधिकारको कुनै पनि विषयमा सर्वोच्च अदालत प्रवेश गर्न सक्ने उनीहरुको जिकीर छ ।
 

टिप्पणीहरू