काँग्रेस कार्यालयमा कार्यदलको बैठक

काँग्रेस कार्यालयमा कार्यदलको बैठक

सत्तारुढ आठदलीय गठबन्धनको कार्यदल बैठक सिंहदरबारमा बस्ने भएको छ । अहिले दिउँसो नेपाली काँग्रेस संसदीय दलको कार्यालयमा बैठक डाकिएको छ ।

बैठकमा राष्ट्रपति निर्वाचन, समसामयिक राजनीति, क्याबिनेट विस्तारजस्ता विषयमा छलफल हुने बताइएको छ । राष्ट्रपति, उपराष्ट्रपति चुनावलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत लिने र क्याबिनेट विस्तार गर्ने तयारी गरिरहेकाले त्यसैमा आधारित भएर कार्यदलका नेताहरुले छलफल गर्न लागेका हुन् ।

राष्ट्रपति निर्वाचनलक्षित गठबन्धन गरेका आठ दलको कार्यदलमा काँग्रेस उपसभापति पूर्णबहादुर खड्का संयोजक छन् । अन्य दलबाट एक–एक जना सदस्य राखिएको छ । गठबन्धनमा काँग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत पार्टी र राष्ट्रिय जनमोर्चा छन् ।
 

टिप्पणीहरू