लेलेमा सेनाको स्वास्थ्य शिविर, नाम टिपाउन आग्रह

लेलेमा सेनाको स्वास्थ्य शिविर, नाम टिपाउन आग्रह

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाली सेनाले एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । 

सैनिक श्रीमती संघको संयोजकत्व र नेपाल क्यान्सर केयर फाउण्डेशनसँगको सहकार्यमा ललितपुरको गोदावरीमा सेनाले स्वास्थ्य शिविर चलाउन लागेको जानकारी दिइएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भोलि बिहान साढे ९ बजेदेखि बेलुकी साढे ४ बजेसम्म गोदावरी नगरपालिका–५ लेलेमा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरसम्बन्धी स्वास्थ्य शिविर आयोजना गर्न लागिएको हो । 

शिविरमा सहभागि भएर स्वास्थ्य परीक्षण गराउन भोलि दिउँसो २ बजेसम्म नाम टिपाइसक्न इच्छुक सबैलाई सैनिक निर्देशनालयले आग्रह गरेको छ ।

टिप्पणीहरू