श्री एअरलाइन्सका सबै विमान तत्काल उड्न नपाउने
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले श्री एयरलायन्सका सबै विमानको उडानमा रोक लगाएकाले धनगढीलगायत क्षेत्रमा जान टिकट काटेकाहरुको आज बिचल्ली भएको छ । उक्त एयरका सबै विमानको प्राविधिक परीक्षण गर्न निर्देशन दिँदै क्यानले उडानमा रोक लगाएको हो ।
हिजो काठमाडौंबाट भैरहवातर्फ उडेको नाइन एन–ए एन आर विमानको इन्जिनमा आगो लागेपछि धादिङ्गको थाँक्रे एरियाबाट फर्काएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो ।
उक्त घटनापछि क्यानले कम्पनीका सबै विमानको इन्जिन परीक्षण गर्न लागेको हो । परीक्षणपछि मात्रै उडान सम्बन्धमा आवश्यक निर्णय लिइने क्यानले जनाएको छ ।
टिप्पणीहरू