श्रीमाथि बिहान लागेको प्रतिबन्ध साँझ फुकुवा
नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका सबै विमानमाथि लगाएको ‘ग्राउन्डेड’ फुकुवा गरेको छ । श्रीका उडानमा रहेका जहाजको जाँचपड्ताल गरेर प्राधिकरणले उडानका लागि अनुमति दिएको बताइएको छ ।
भैरहवाको उडानमा हिजो एउटा जहाजको दायाँ इञ्जिनमा आगो लागेको संकेत देखापरेको घटनापछि नियमनकारी निकाय प्राधिकरणले आज बिहान कुनै पनि सेक्टरमा उडान गर्न नपाउने निर्णय गरेको थियो । तर, श्री एयरलाइन्सले प्राधिकरणका विज्ञ टोलीद्वारा आफ्ना कम्पनीका जहाजहरु जाँच तथा अध्ययन गरी पुनः सेवा सञ्चालन गर्न अनुमति दिएको जनाएको छ ।
कर्पोरेट प्रबन्धक अनिल मानन्धरले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ’नेपाल नागरिक उड्डयन प्राधिकरणले विज्ञहरुको टोलीद्वारा यस एयरलाइन्सको सम्पूर्ण जहाजको प्राविधिक जाँच, इन्जिनियरिङ, अपरेसन, सुरक्षा तथा कम्पनीको वित्त स्थिति तथा प्रशासनिक क्षमताको विस्तृत अध्ययन गरी श्री एयरलाइन्स उडानका लागि पूर्ण सुरक्षित भएकोले पुनः सेवा सञ्चालन गर्न अनुमति प्रदान गरेको व्यहोरा हाम्रा सम्पूर्ण आदरणीय यात्रु तथा शुभचिन्तकहरुलाई जानकारी गराउन चाहन्छौं ।’
टिप्पणीहरू