घाँसीकुवा जाने बाटो दिनको चार घण्टा बन्द

घाँसीकुवा जाने बाटो दिनको चार घण्टा बन्द

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवासम्मको सडकखण्ड आजदेखि थप १५ दिनका लागि दैनिक चार घण्टा बन्द हुने भएको छ । सडक मर्मत तथा निर्माणका काम जारी रहेकाले दिनको चार घण्टा  सवारी आवागमनमा रोक लगाइएको हो । 

फागुन १८ गतेदेखि राति १२ बजेदेखि बिहान ४ बजेसम्मका लागि यसअघि नै उक्त सडकखण्ड बन्द गरिएको थियो । मर्मतको काम सम्पन्न नभएकाले आजदेखि पुन: समय तोकेर सडक बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालय तनहुँले आज राती १२ बजेदेखि चैत १२ गते बिहान ४ बजेसम्म सडक बन्द रहने बताइको छ ।

सिडिओ कार्यालयका अनुसार जिल्ला सुरक्षा समितिको बैठकले यो निर्णय गरेको हो ।  सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले सो समयावधिमा अत्यावश्यक सवारीसाधन बाहेक अन्य सवारीसधान पूर्णरुपमा बन्द गर्ने निर्णय भएको जानकारी दिए ।
 

टिप्पणीहरू