कोशी नामाकरणको विरोधमा विराटनगरमा मशाल जुलुस, माइतीघरमा धर्ना
प्रदेश नम्बर १ को नामाकरण कोशी राखिएकोमा विरोध गर्दै आज विराटनगरमा मशाल जुलुुस निकालिएको छ । पहिचानसहितको प्रदेश नं. १ पुनः नामांकन अभियान समितिको आह्वानमा आज प्रदेशस्तरीय आमहड्ताल गरिएको थियो ।
यता प्रदेश नम्बर १ लाई मध्यरातमा कोशी प्रदेश नामाकरणको विरोध गर्दै काठमाडौंमा धर्ना कार्यक्रम गरिएको छ । पहिचानवादी समुदायगत संघसंस्थाहरुद्वारा संयुक्त रूपमा आयोजित धर्ना कार्यक्रममा ऐक्यबद्धता जनाउँदै कोशी नामाकरण खारेजीको माग गरिएको हो ।
टिप्पणीहरू