नेपालमा पनि महिलाहरुको छुट्टै अनलाइन पोर्टल
नेपाली सञ्चार क्षेत्रमा आजदेखि महिला अनलाइन न्युज पोर्टलको शुभारम्भ हुँदैछ । सञ्चारमन्त्री रेखा शर्माले नारीनेपाल डट कमको बिहान उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
पूजा ढकाल (पवित्रा) सम्पादक रहेको उक्त अनलाइनलाई नारी अनलाइन पत्रिका भनिएको छ । नारी नेपाल अनलाइनमा सबै हिसाबले पिछडिएका महिला,समग्र नारीको विकास,सञ्चार तथा सूचनामा महिलाको पहुँच, व्यवसायमा महिला र महिला सशक्तिकरण लगायतका विषय समेटिने जनाइएको छ ।
त्यसैगरी लेख,रचना, समाचार,महिला सौन्दर्य, अर्थ,बालबालिका, स्वास्थ्य,मनोरञ्जन, फेशनलगायत सामग्री पनि प्रकाशित गर्ने जानकारी दिइएको छ । महिलाका विषयवस्तुलाई उच्च प्राथमिकताका साथ प्रकाशित गर्ने प्रकाशकको उद्देश्य छ ।
टिप्पणीहरू