काठमाडौँमा बेलायती सांसदको लर्को
बेलायती इण्डो–प्यासिफिक राज्यमन्त्री एन मरी ट्रेभिलियन तीन दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएलगत्तै अर्को टोली काठमाडौँ आइपुगेको छ । बेलायती सांसद तथा आन्तरिक विकास कमिटीका चार जना सदस्य आज बिहान काठमाडौँ ओर्लिएका हुन् ।
कतार एयरलाइन्सको उडान नम्बर क्युआर ६५२ बाट बिहान ९ बजे काठमाडौँ उत्रिएको चार सदस्यीय टोलीमा सांसदहरु इयान रिचार्ड पेरेग्रिन,केट ओसामोर, वीरेन्द्रकुमार शर्मा र डोमिनिक हेनरी रहेका छन् ।
भ्रमणका दौरान उनीहरुले यहाँ विभिन्न राजनीतिक भेटघाट गर्ने कार्यक्रम छ ।
टिप्पणीहरू