मतपत्रमा नाम र फोटो यथावत रहेकी प्रमिलाद्वारा उम्मेदवारी फिर्ताको घोषणा
जनता समाजवादी पार्टी नेपालकी नेतृ प्रमिला कुमारीले सोही पार्टीका उम्मेदवार रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिमा समर्थन गरेको बताएकी छन् । प्रमिलाले जारी गरेको विज्ञप्तिमा उपराष्ट्रपतिका उम्मेदवार यादवलाई आफूले समर्थन जनाएको उल्लेख छ ।
उनले विज्ञप्तिमा प्राविधिक रुपमा आफ्नो नाम उम्मेदवारको सूचीमा रहे पनि यादवलाई समर्थन जनाएको बताएकी हुन् । उनले गठबन्धनकी साझा उम्मेदवार यादवलाई मत दिएर विजयी गराउन संघीय र प्रादेशिक सभासद्हरुलाई अनुरोधसमेत गरेकी छन् ।
टिप्पणीहरू