पोखरामा अवतरण हुन नसकेको बुद्धको विमान काठमाडौं आयो

पोखरामा अवतरण हुन नसकेको बुद्धको विमान काठमाडौं आयो

आज बेलुकी पोखरातर्फ उडेको बुद्ध एअरको उडान अवतरण हुन नसकेपछि काठमाडौं फिर्ता भएको छ । खराब मौसमका कारण बुद्धको उडान नम्बर बीएचए ६५५ विमान साँझ ६ बजे काठमाडौं विमानस्थलमा अवतरण गरेको बताइएको छ ।

सवा ५ बजे काठमाडौंबाट पोखरा प्रस्थान गरेको उक्त विमान काठमाडौं फर्केपछि त्यसपछिका बीएचए ६५७ र ६५९ उडान पनि रद्ध गरिएको हो ।

टिप्पणीहरू