सोल्टीको कार्यक्रममा स्पेनबाट राजदूत शर्मिल सामेल
काठमाडौंमा आयोजित एउटा कार्यक्रममा भाग लिन स्पेनस्थित नेपाली राजदूत स्वदेश आएकी छन् । आजदेखि होटल सोल्टीमा शुरु भएको पर्यटन मापनसम्बन्धी कार्यशालामा सहभागी हुन ढकाल सरकारी ढुकुटीबाट लाखौं रुपैयाँ खर्चेर आएकी हुन् ।
नेपाल पर्यटन बोर्ड र राष्ट्र संघीय विश्व पर्यटन संगठनद्वारा आयोजित कार्यक्रमको उद्देश्य एशिया र प्रशान्त क्षेत्रमा स्तरीय पर्यटनका लागि स्तरीय तथ्यांक भन्ने रहेको छ । जबकि स्पेन न एसियामा पर्छ न प्रशान्त क्षेत्रमा । अर्कोतर्फ स्वदेशमा भएको कार्यक्रममा विदेशमा रहेका राजदूतको आगमन र आतिथ्यको आवश्यकता बिरलै पर्ने गर्छ ।
आजदेखि शुरु भएको कार्यक्रम तीन दिनसम्म चल्नेछ । उद्घाटन समारोहको अध्यक्षता पर्यटन बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मीले र प्रमुख आतिथ्य पर्यटनमन्त्री सुदन किरातीले गरेको कार्यक्रममा पर्यटन राज्यमन्त्री सुशीला सिर्पाली,मन्त्रालयका सचिव सुरेश अधिकारीको पनि उपस्थिति छ ।
त्यसैगरी माल्दिभ्स, कम्बोडिया, इण्डोनेसियाका अतिथिहरु सहभागी छन् ।
टिप्पणीहरू