दूधको भाउ बढ्दा किसानलाई कति, उपभोक्ता र बिचौलियालाई कति ?
दुग्ध विकास संस्थान (डिडिसी) ले आजदेखि दूधको खुद्रा मूल्य तोकेको छ । एक लिटरमै १६ रुपैयाँसम्म बढाइएको छ । यसअघि सरकारले किसानको दूध खरिदमा प्रतिलिटर १० रुपैयाँ ४० पैसा बढाएको बताएको थियो ।
संस्थानकाअनुसार निलो प्याकेटको दूधमा प्रतिलिटर ११ रुपैयाँ बढेको छ । पहिले प्रतिलिटर ८६ रुपैयाँ थियो भने आजदेखि ९७ रुपैयाँ कायम भएको छ ।
संस्थानले बिक्री गर्दै आएको गाईको दूधमा प्रतिलिटर १४ रुपैयाँ बढाइएको छ । अब गाईको दूधको मूल्य प्रतिलिटर ११६ रुपैयाँ कायम भएको छ । हरियो प्याकेटको दूधमा प्रतिलिटर १६ रुपैयाँ बढाइएको छ । उक्त दूधको मूल्य प्रतिलिटर १३० रुपैयाँ भएको छ ।
चिया दूधको मूल्यमा प्रतिलिटर १० रुपैयाँ बढाएर ९० रुपैयाँ पुगेको जानकारी दिइएको छ । यसो गर्दा किसानलाई १०,उपभोक्तालाई १६ र बिचौलियालाई ६ रुपैयाँ भाग/भार लाग्ने स्थिति छ ।
टिप्पणीहरू