रामेछापको जंगलमा आगलागी

रामेछापको जंगलमा आगलागी

रामेछापको एउटा सामुदायिक वनमा आगलागी भएको छ । खाडादेवी गाउँपालिकाको जंगलमा भर्खरै आगलागी भएको बताइएको छ ।

स्थानीय वडा नम्बर ५ स्थित युद्धगढीको सल्लेनी सामुदायिक वनमा आगलागी भएको हो । आगो मध्यान्हको समयमा देखिएको स्थानीयको भनाइ छ । जंगलको बीचमा ठूलो आगलागी भएकाले बस्तीमा सल्कन सक्ने भएकाले गाउँले त्रसित देखिन्छन् । 

आगो निभाउन प्रहरीलाई खबर गरेर आफूसहित २५ जनाको टोली त्यसतर्फ जाँदै गरेको वडा अध्यक्ष मनोज पौडेलले बताए ।

टिप्पणीहरू