नगरपालिकाका वडा सदस्यहरुकाे आरामदायी कार्यकक्ष
मोरङमा वडा सदस्यहरूको निम्ति पनि आरामदायी कार्यकक्षको व्यवस्था गरिएको छ । पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ३ को वडा कार्यालयमा वडा सदस्यहरूको निम्ति कार्यकक्ष बनाइएको बताइएको छ ।
पालिका भवनको एउटा हलमा एकातिर वडा अध्यक्ष विजय लिम्बूको कार्यकक्ष बनाइएको छ । अर्कोतर्फ वडा सदस्यहरूको निम्ति आरामदायी टेबुल र कुर्सीको व्यवस्था गरिएको छ ।
सबै जनताले जनप्रतिनिधिलाई चिन्न र उनीहरुको काममा सहजता आउने उद्देश्यले सबै वडा सदस्यको निम्ति कार्यकक्ष निर्माण गरिएको वडाअध्यक्ष विजय लिम्बूले बताए ।
टिप्पणीहरू