क्रिकेट मैदानमा दर्शकहरुको खचाखच भीड

क्रिकेट मैदानमा दर्शकहरुको खचाखच भीड

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा दर्शकहरुको भीड बढेको छ । नेपाल र युएईबीच भइरहेको आईसीसी विश्वकप क्रिकेट लिग २ को खेल गर्न गएकाको भीड थामीनसक्नु देखिएको हो ।

आज भइरहेको अन्तिम तथा निर्णायक खेलमा नेपाललाई प्रतिस्पर्धी युएईले ३११ रनको निकै फराकिलो लक्ष्य दिएको छ । खेल हेर्न बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि पुग्नुभएको थियो ।

अहिले मैदान वरपर दर्शकहरुको बाक्लो भीड लागेको छ । वरपरका रुखका हाँगामा समेत दर्शकहरु खचाखच देखिन्छन् ।

टिप्पणीहरू