उपराष्ट्रपति उम्मेदवारले गरे पहिलो मतदान, रविको बैठक स्थगित

उपराष्ट्रपति उम्मेदवारले गरे पहिलो मतदान, रविको बैठक स्थगित

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा उपराष्ट्रपति पदको मतदान प्रक्रिया प्रारम्भ भएको छ । ठीक १० बजेदेखि शुरू भएको मतदानमा पहिलो मत रामसहाय प्रसादयादवले खसालेका छन् ।

उनी चारजना उम्मेदवारमध्ये एक हुन् । यादवलाई सत्तारुढ गठबन्धनमा आवद्ध नौ दलको समर्थन छ । उता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक स्थगित भएको छ । बिहान ११ बजे बोलाइएको बैठक स्थगित भएको जानकारी दिइएको छ ।

बैठकले उपराष्ट्रपति निर्वाचनमा गरिने मतदानबारे निर्णय लिने बताइएको थियो । तर, अन्तिम क्षणमा पार्टीले बैठक रोकेको हो ।
 

टिप्पणीहरू