जनप्रिय क्याम्पसमा चुनाव गराउन विद्यार्थी संगठनहरुको यौटै श्वर
पोखराको जनप्रिय बहुमुखी क्यापसका विद्यार्थी संगठनहरुले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन माग गरेका छन् ।
बुधवार संयुक्त विज्ञप्ति जारी गर्दै अखिल( क्रान्तिकारी), अनेरास्ववियु, नेविसंघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी (विप्लव), नेपाल समाजवादी विद्यार्थी युनियन र अखिल (क्रान्तिकारी बहुमत) ले छिटोभन्दा छिटो चुनाव गराउन माग गरेका हुन् । उनीहरुले यथाशीघ्र निर्वाचन सम्पन्न गर्नेगरी कार्यतालिका प्रकाशन गर्न पनि भनेका छन् ।
संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन समितिद्धारा फागुन १६ गते प्रकाशित तालिका अवरुद्ध भएपछि यस क्याम्पसको फागुन २२ मा प्रकाशित सूचनाअनुसार तपशीलमा उल्लेखित यस क्याम्पसका क्रियाशील विद्यार्थी संघसंगठनहरु निर्वाचन सम्पन्न गर्ने गरी कार्यतालिका प्रकाशन गर्न क्याम्पस प्रशासनलाई सर्वसम्मतिले माग गर्दछौँ ।’
टिप्पणीहरू