प्रधान सेनापतिद्वारा २७ जनालाई दर्ज्यानी चिन्ह प्रदान
प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनामा साधारण सेवातर्फ रिक्त सहायक सेनानी पदमा बढुवा भएका प्रमुख सुवेदार/सुवेदारहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।
सैनिक सेवा नियमावली २०६९ बमोजिम नेपाली सेनामा साधारण सेवातर्फ रिक्त सहायक सेनानी पदमा पदपूर्ति गर्दा ७० प्रतिशत खुल्ला, २० प्रतिशत आन्तरिक प्रतिस्पर्धा र १० प्रतिशत बढुवाद्वारा गर्नुपर्ने व्यवस्थाअनुरुप बढुवा भएका ३३ जनामध्ये शान्ति सेनामा खटिएका बाहेक २७ जनालाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको जनाइएको छ ।
सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार लामो समयदेखि सेनामा योगदान पुर्याएका र अनुभव हासिल गरेका पदीकहरुको अधिकृत दर्जामा बढुवाको व्यवस्थाले आन्तरिक वृत्ति विकासमा राम्रो अवसर सृजना भएको बताएको छ ।
टिप्पणीहरू