पशुपति र बागमतीमा दुई घण्टामा दुई टन फोहोर

पशुपति र बागमतीमा दुई घण्टामा दुई टन फोहोर

सरसफाइ महाअभियानले पशुपतिनाथ मन्दिर परिसर र बागमतीबाट दुई टन फोहोर संकलन गरेको छ । महाअभियानले आज गरेको बागमती नदी र पशुपति परिसर सरसफाइको क्रममा उक्त फोहोर जम्मा पारेको बताइएको छ ।

‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयम्सेवा’ भन्ने नाराका साथ बागमती सफाइ महाअभियानले आज बिहान पशुपति परिसरको बागमती किनारमा सरसफाइ गरेको हो । आजको सरसफाइ कार्यक्रम ५१४औं श्रृंखला हो ।

बिहान ७ बजेदेखि ९ बजेसम्म गरिएको सरसफाइको क्रममा कुहिने र नकुहिने फोहोर दुई टन उठाइएको जानकारी दिइएको छ ।

टिप्पणीहरू