विद्युत प्राधिकरणका पाँच सय कर्मचारी एकैपटक सरुवा

विद्युत प्राधिकरणका पाँच सय कर्मचारी एकैपटक सरुवा

नेपाल विद्युत प्राधिकरणका ५१५ जना कर्मचारीको एकैपटक सरुवा तथा पदस्थापन भएको छ । 

प्राधिकरणको फागुन १६ गतेको निर्णयानुसार लेखा प्रमुख, प्रशासन प्रमुख, जलविद्युत कम्पनीहरुका नेतृत्वदेखि हेल्परसम्मका कर्मचारीहरुको सरुवा तथा पदस्थापन भएको हो । प्राधिकरणका अनुसार सहनिर्देशक गणेशदत्त भट्टलाई तनहुँ हाइड्रोपावर लिमिटेडमा पठाइएको छ । 

त्यस्तै, सहनिर्देशक डोलनाथ कडेँललाई कार्यकारी निर्देशकको सचिवालयमा पठाउँदा अर्का सहनिर्देशक शोभा पौडेल भुसाल नियुक्ति सिफारिस महाशाखामा पुगेकी छन् । प्राधिकरणले प्रबन्धक हरिकुमार श्रेष्ठलाई स्ट्रक्चरल डिजाइन महाशाखाबाट तनहुँ हाइड्रोपावर लिमिटेडमा सरुवा गरेको र कतिपयलाई काज फिर्ता समेत गरेको जनाएको छ ।

टिप्पणीहरू