धादिङ्ग्का पाँच क्याम्पसमा माओवादीको जीत
धादिङ जिल्लास्थित ५ वटा क्याम्पसको स्ववियु नेतृत्वमा अनेरास्ववियु (क्रान्तिकारी) आएको छ । हिजो सम्पन्न निर्वाचनबाट मध्य गल्छीको नमुना बागेश्वरी क्याम्पसबाहेक सबै क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियू (क्रान्तिकारी)का उम्मेदवार विजयी भएका छन् ।
त्यसमध्ये बेनीघाट रोराङको चन्द्रोदय बहुमुखी क्याम्पस विशालटारको स्ववियु सभापतिमा अनेरास्ववियु (क्रान्तिकारी) का सञ्जित सुवेदी विजयी भएका छन् भने जय बागेश्वरी क्याम्पस मलेखुको स्ववियु सभापतिमा पनि अनेरास्ववियु (क्रान्तिकारी) कै नवराज त्रिपाठी विजयी भएका छन् ।
गजुरीको आदर्श बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियू (क्रान्तिकारी) का गणेश पाण्डे र धुनिबेसीको मछिन्द्र बहुमुखी क्याम्पसमा अनेरास्ववियु (क्रान्तिकारी) कै अनिल उप्रेती विजयी भएका छन् ।
गल्छीको नमुना बागेश्वरी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका अन्दाज श्रेष्ठ विजयी भएका छन् । यस्तै त्रिपुरासुन्दरीको नेत्रावती सामुदायिक क्याम्पसको स्ववियु सभापतिमा सबै विद्यार्थी संगठनहरुको सहमतिमा अनेरास्ववियु (क्रान्तिकारी) की सिता तिमल्सिना सर्वसम्मत भएकी थिइन् ।
जिल्लाकै चर्चित मानिने नीलकण्ठ बहुमुखी क्याम्पसमा भने चैत ८ गते स्ववियु निर्वाचन हुँदैछ । यहाँ नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियू (क्रान्तिकारी) एक्लाएक्लै मैदानमा छन् । यो क्याम्पस लामो समयदेखि नेवि संघकै कब्जामा छ ।
टिप्पणीहरू