उपेन्द्र यादवविरुद्ध लोसपाका नवलकिशोर सिंह उठ्ने

उपेन्द्र यादवविरुद्ध लोसपाका नवलकिशोर सिंह उठ्ने

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी उपनिर्वाचनमा बारा २ मा उठाइने उम्मेदवारबारे निर्णय गर्ने भएको छ । सरकारमा सहभागिता जनाउन र आगामी उपनिर्वाचनबारे छलफल गर्न पार्टीको कार्यकारिणी समिति बैठक आज डाकिएको छ ।

दिउँसो १ बजे बस्ने बैठकमा मूलतः सरकारमा सहभागिताबारे छलफल हुने बताइएको छ । त्यसैगरी आगामी बैशाख १० गते हुने उपनिर्वाचनबारे पनि छलफल हुने लोसपा स्रोतको दाबी छ ।

उपनिर्वाचन हुने बारा २, चितवन २ र तनहुँ १ मध्ये लोसपाको चासो बारा २ मा बढी देखिन्छ । बारा २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार हुने चर्चा भइरहेको छ । उनै यादवसँग प्रतिस्पधा गर्न लोसपाले नवलकिशोर सिंहलाई उम्मदेवार बनाउन खोजेको बताइन्छ । 

बारा २ मा यसअघि निर्वाचित जसपाका रामसहाय यादव उपराष्ट्रपति बनेपछि रिक्त भएको हो ।

टिप्पणीहरू