मेदान्तभित्रको फार्मेसीले ठगेको बिरामीका आफन्तको दाबी
भारतको हरियाणा राज्यमा रहेको मेदान्त हस्पिटल उपचारको निम्ति पछिल्लो सयम निकै प्रख्यात छ । सोही कारण भारतका विभिन्न राज्यका साथै अन्य मुलुकबाट त्यहाँ उपचारका लागि बिरामी ओइरिने गर्छन् । तर, हस्पिटलमा नपत्याउँदो शैलीमा ठगी हुने गरेको भुक्तभोगीहरुले बताएका छन् ।
भारत सरकारले गौरवको रुपमा लिने गरेको मेदान्त अस्पतलाभित्र सञ्चालित फार्मेसीमा बिरामी ठगिने गरेको तथ्य भेटिएको हो । अहिले त्यही बदमासी बाहिर आएको छ । फार्मेसीले बेच्ने गरेका विभिन्न औषधिमा कीर्ते मूल्य राख्ने गरिएको आरोप छ ।
औषधिको खोलमा उत्पादक कम्पनीले लेखेको मूल्य कालोले पोतेर नयाँ स्टिकर टाँसी नयाँ मूल्यमा किनबेच भएको पाइएपछि ठगीको तथ्य बाहिर आएको हो । उपभोक्ता कानुनबमोजिम यस्तो कार्यलाई ठगी मानिन्छ । उद्योगसम्बन्धी कानुनले यसलाई दण्डनीय अपराधका रुपमा परिभाषित गरेको छ ।
ग्लेन्मार्क फर्मास्युटिकल एच.पी.इन्डियाले उत्पादन गरेको टेम्ला ८० नामक औषधिमा उत्पादक कम्पनीले तोकेको प्रिन्टेड मूल्यमा कालो पोतेर स्टिकरले छोपी कम्प्युटर टाइप मूल्य हालिएको बताइन्छ । उक्त कम्पनिले आफ्नो प्रिन्टेड मूल्यमा १५ प्रतिशत छुट दिएको दाबी गरेको छ । कम्पनीको आधिकारिक वेबसाइटअनुसार औषधिको एक पत्ताको मूल्य १३० भारतीय रुपैयाँ हो । तर मेदान्त हस्पिटलको फार्मेसीमा १५५ रुपैयाँ मूल्य लिने गरिएको छ ।
अब्बल सेवामुखी व्यवसाय गरेको दाबी गर्ने मेदान्त गुणगाउ हरियाणाले गरेको यो कार्यलाई के भन्ने ? सेवा कि लुट ? हस्पिटल बाहिरका फार्मेसीले १० प्रतिशतसम्म छुट दिने गरेको अवस्थामा मेदान्तले परल मूल्य (MRP)मा समेत मूल्य बढाएर आम सर्बसाधारणलाइ दिइएको छुट सुबिधा हस्पिटल आफैँले खाने गरेको जानकारहरु बताउछन् ।
दैनिक सयौँ बिरामीबाट यसरी करोडौँ कुम्ल्याउन सफल मेदान्त फार्मेसीले औषधिजस्तो संवेदनशील विषयमा गरेको खेलबाड दण्डनीय हो कि होइन ? भारतको राजधानी नयाँ दिल्ली नजिकै रहेको हस्पिटल र फार्मेसीको अनुगमन किन हुँदैन ? स्रोतले बताएको छ । ‘पत्रकार र उपभोक्ता अधिकारकर्मीको किन ध्यान नपुगेको होला ? औषधिको कीर्ते मूल्य राख्ने गम्भीर अपराधको कहिले हुन्छ छानबिन र कारबाही ?,’ भुक्तभोगीहरुको प्रश्न छ ।
उपचारका लागि मेदान्त जानेलाई उनीहरुले पाइला पाइलामा ख्याल गर्न र निगरानी राख्न सल्लाह दिएका छन् । विशाल भवन र चिटिक्क परेका अस्पतालभित्र हुने यस्ता कीर्ते कामबाट अरु हजारौँ बिरामी र आफन्त जोगिन ती भुक्तभोगीले सुझाएका हुन् ।
टिप्पणीहरू