अमेरिकी महिला माल्दिभ्सबाट देश निकाला

अमेरिकी महिला माल्दिभ्सबाट देश निकाला

माल्दिभ्सले एक अमेरिकी महिलालाई निश्कासन गरेको छ । लागुपदार्थ ओसारपसारमा संलग्न ती महिला गत वर्ष पक्राउ परेकी थिइन् । उनी झण्डै दुई किलोग्राम लागुऔषध बोकेर राजधानी मालेमा ओर्लने क्रममा पक्राउ परेकी थिइन् ।

गत मेमा पक्राउ परेकी महिलाको नाम भने खुलाइएको छैन । त्यहाँको अनलाइन द एडिसनका अनुसार उनको संलग्नता माल्दिभ्समा भएको आठ किलोग्राम लागुपदार्थ ओसारपसारमा पनि रहेको पुष्टि भएको थियो ।

त्यहाँको सरकारले ती महिलालाई मुद्दा चलाउनुभन्दा उनको कमजोर स्वास्थ्य अवस्थालाई देखाउँदै अमेरिका पठाउन उपयुक्त ठानेपछि देश निकाला गरेको बताइन्छ । माल्दिभ्समा लागुऔषध ओसारपसारमा संलग्न हुनेलाई आजिवन काराबासको सजाय र १ लाखदेखि १ करोड माल्दिभ्सको रुफिया जरिवाना गर्ने कानुन प्रावधान छ ।

टिप्पणीहरू