चीनका नदीको जल गुणस्तरमा सक्रिय ‘नदी प्रमुख’

भिडियो स्रोत : सिन्ह्वा

नदीको जल गुणस्तरलाई उकास्न चीनमा १२ लाखभन्दा बढी नदी निरीक्षकको व्यवस्था गरिएको छ । जल प्रदुषण रोक्न र गुणस्तर बढाउन आवश्यक कार्य गर्ने, सिफारिस गर्ने र प्राप्त निर्देशन कार्यान्वयन गर्ने उनीहरुको प्रमुख कार्य रहेको बताइएको छ ।

१२ लाखमध्येकी एक हुन् छिन् वेइचुआन् । उनलाई चीनमा बोलीचालीको भाषामा ‘नदी प्रमुख’ को दर्जा दिइएको छ । उनी ग्रामीण क्षेत्रका नदीको जल गुणस्तर उकास्ने कार्यमा निरन्तर लागि परेको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । उनी चच्याङ प्रान्तको तोङवाङ ग्रामीण इलाकामा सक्रिय छन् ।

उनी प्रमुखको जिम्मेवारीमा सन् २०१३ देखि रहेको बताइन्छ । नदीको नियमित भ्रमण गर्नु उनको दैनिकी बनेको छ । नदीमा कुनै प्रदुषणको संकेत पाइएमा उनले सम्बन्धित निकायलाई जानकारी गराउँछिन् । अहिले सो क्षेत्रको जल प्रदुषण निकै कम भएको प्राप्त समाचारमा उल्लेख छ ।
पहिले निकै दुर्गन्धित तोङवाङको नदी क्षेत्र अहिले सफा र नीलो देखिन थालेको छ । 

स्थानीयले समेत छिन्को निरन्तरको प्रयासको परिणाम देखिसकेको बताएका छन् । यसबाट सो क्षेत्रको आर्थिक वृद्धिमा समेत सकारात्मक प्रभाव परेको सिन्हाले जनाएको छ । उनले भनिन्, ‘नदी प्रमुख मेरो जागिर र पद मात्रै होइन, यो सामाजिक र राष्ट्रिय दायित्व पनि हो ।’

टिप्पणीहरू