बालकोटमा पहिले प्रहरी प्रमुख, त्यसपछि ऋषि धमला

बालकोटमा पहिले प्रहरी प्रमुख, त्यसपछि ऋषि धमला

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र पत्रकार ऋषि धमलाले भेटवार्ता गरेका छन् । अध्यक्ष ओलीसँग महानिरीक्षक सिंह र पत्रकार धमलालले आज मध्यान्हको समयमा भेटेर कुराकानी गरेको बताइन्छ । 

प्रहरी प्रमुखले मध्यान्ह १२ बजेदेखि झण्डै एक घण्टा अध्यक्ष ओलीसँग उहाँको निवास बालकोटमा भेट गरेका हुन् । पर्सिदेखि आईजीपीको जिम्मेवारीबाट अवकाश पाउन लागेका सिंहले त्यसअघि एमाले अध्यक्षसँग भेट गरेका हुन् । 

आजै ऋषि धमलाले पनि अध्यक्ष ओलीसँग दिउँसो भेट गरेका हुन् । सिंह निस्केपछि धमला बालकोट पुगेका थिए । करिब ४५ मीनेट कुराकानी गरेपछि उनी पौने २ बजेको समयमा त्यहाँबाट बाहिरिएका थिए ।
 

टिप्पणीहरू