अविवाहितमा महिलाभन्दा पुरुष धेरै
नेपालमा ३३ प्रतिशत जनसंख्या अविवाहित पाइएको छ । जसमा महिलाभन्दा पुरुषको संख्या बढी देखिएको छ ।
राष्ट्रिय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको जनगणना २०७८ को पूर्ण विवरणअनुसार १० वर्ष वा सोभन्दा बढी उमेरका कूल जनसंख्याको ३३.१ प्रतिशत व्यक्ति अविवाहित छन् । जसमा पुरुष ३८.२ प्रतिशत र महिला २८.४ प्रतिशत छन् ।
१० वर्ष वा सोभन्दा बढी उमेरका र कम्तिमा एक पटक विवाह गरेका धेरैजसो व्यक्ति (३४.४ प्रतिशत) को पहिलो विवाह १८ देखि २० वर्षको उमेरमा भएको देखिन आएको छ । त्यस्तै, १५ देखि १७ वर्षको उमेरमा पहिलो विवाह हुने व्यक्ति २२.३ प्रतिशत छन् । १० वर्षभन्दा कम उमेरमा पहिलो विवाह भएका व्यक्तिहरु ०.३ प्रतिशत रहेको जनगणनाको तथ्याङ्कले देखाएको छ ।
टिप्पणीहरू