भरतपुरबाट ६ जुवाडे पक्राउ

भरतपुरबाट ६ जुवाडे पक्राउ

चितवनको भरतपुरमा ६ जना जुवाडेलाई खालबाटै समातिएका छन् । 

भरतपुर महानगरपालिका-९ का ३५ वर्षीय शिव गैह्रेसहित ६ जनालाई जुवा खेलिरहेका बेला प्रहरीले पक्रेको हो । विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय चितवन र प्रहरी चौकी नारायणगढ बसपार्कबाट खटिएको टोलीले उनीहरुलाई गैह्रेको रोयल किचन एण्ड स्रोबर हाउसमा जुवा खेलिरहेको अवस्थामा गएराति पक्राउ गरेको जनाइएको छ ।

प्रहरीका अनुसार उनीहरुको साथबाट ४८ हजार २ सय ५० रुपैयाँ नगद र ३ तासबुक बरामद गरिएको छ भने थप अनुसन्धान भइरहेको छ ।
 

टिप्पणीहरू