पौडी खेल्न गएका राजेश राप्तीमा बगेर बेपत्ता

पौडी खेल्न गएका राजेश राप्तीमा बगेर बेपत्ता

चितवनको भरतपुर महानगरपालिकास्थित राप्ती नदीमा पौडी खेल्ने क्रममा एकजना युवा बेपत्ता भएका छन् । 

आज दिउँसो साढे १ बजे नदीमा पौडी खेल्न गएका बर्दियाको बारबर्दिया नगरपालिका-९ घर भई हाल भरतपुर महागरपालिका-२७ स्थित राईनो होटलको कन्सट्रक्सनमा काम गर्ने १९ वर्षीय राजेश चौधरी डुबेर बेपत्ता भएका हुन् । 

प्रहरीका अनुसार उनी सोही कन्सट्रक्सनमा काम गर्दै आएका १९ वर्षीय सुन्दर चौधरीसँगै नदीमा पौडी खेल्न गएका थिए । तर, सुन्दरको सकुसल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ । 

बेपत्ता भएका राजेशको ईलाका प्रहरी कार्यालय दिव्यनगर र विपद् व्यवस्थापन केन्द्रसहितको टोलीले खोजी गरिरहेको बताइएको छ ।

टिप्पणीहरू