एमाले अध्यक्ष झापापछि भैरहवा प्रस्थान

एमाले अध्यक्ष झापापछि भैरहवा प्रस्थान

एमाले अध्यक्ष केपी शर्मा ओली भैरहवा जानुभएको छ । उहाँ मध्यान्ह १२ बजे यति एअरलाइन्सको उडान नम्बर एनवाईटी ८९१ मा काठमाडौंबाट भैरहवा प्रस्थान गर्नुभएको बताइएको छ । यसअघि उहाँ अस्ति गृह जिल्ला झापा जानुभएको थियो । झापाबाट अध्यक्ष ओली हिजो अपरान्ह साढे ४ बजे यति एअरलाइन्सको उडानमा काठमाडौं आउनुभएको थियो ।

आजै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव बुद्ध एअरको उडानमा धनगढी जानुभएको छ । उहाँ काठमाडौंबाट बिहान सवा ९ बजे त्यसतर्फ प्रस्थान गर्नुभएको हो । सोही उडानमा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल पनि धनगढी जानुभएको छ ।

टिप्पणीहरू