घर हिँडेका उपराष्ट्रपतिको उडान आधा घण्टा ढिलो
गत सातादेखि पदभार ग्रहण गर्नुभएका रामसहाय प्रसाद यादव मुलुकको उपराष्ट्रपति बनेपछि आज पहिलो पटक गृह जिल्ला जानुभएको छ । बारा निवासी यादव काठमाडौंबाट नियमित उडानमा सिमरा जानुभएको बताइएको छ ।
बुद्ध एअरको उडान नम्बर बीएचए ५५३ मा सिमरा प्रस्थान गर्न काठमाडौं विमानस्थल पुग्नुभएका उपराष्ट्रपति यादवको फ्लाइट ३५ मीनेट ढिलो भएको हो । साढे १० बजेको उडान ११ बजेर ५ मीनेटमा भएको विमानस्थल कार्यालय स्रोतले बताएको छ । सोही उडानमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि सिमरा जानुभएको छ ।
आजै एमाले उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवाली र काठमाडौं महानगरका मेयर बालेन साह भैरहवाबाट काठमाडौं आएको बताइएको छ । दुबैजना बुद्ध एअरको उडानमा बिहान १० बजे काठमाडौं उत्रिएका हुन् ।
टिप्पणीहरू