निवर्तमान राष्ट्रपतिले शिलान्यास गरेको सभा हल हेर्न एमाले अध्यक्ष लुम्बिनीमा
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुद्ध जन्मस्थल लुम्बिनीमा निर्मित अन्तर्राष्ट्रिय सभा हल तथा ध्यान केन्द्रको अवलोकन गर्नुभएको छ । पार्टी काममा लुम्बिनी पुगेका बेला उहाँले सभा हलको निरीक्षण गर्नुभएको बताइएको छ । \
५ हजार क्षमताको सम्मेलन केन्द्रको २०७५ बैशाख १८ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गर्नुभएको थियो । चार बिघा क्षेत्रफलमा निर्माण भएको सम्मेलन केन्द्रको गत जेठ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको थियो ।
आकर्षक शैलीको उक्त सभा हल अवलोकनको निम्ति अध्यक्ष ओली आज त्यहाँ पुग्नुभएको हो ।
टिप्पणीहरू