पोखरा महानगरको अनुरोध : फोहोर भुईंमा होइन, गाडीमा
पोखरा महानगरपालिकाले सार्वजनिक स्थलमा जथाभावी फोहोर नफाल्न आग्रह गरेको छ । सडक छेउछाउ र सार्वजनिक स्थल वरपर फोहोर फाल्दा शहर कुरुप देखिएपछि महानगरपालिकाले जथाभावी फोहोर नगर्न नगरवासीलाई आग्रह गरेको हो ।
फोहोर संकलनका लागि टोलमा गाडी आएको जानकारी गराइने उल्लेख गर्दै महानगरपालिकाले आफ्नो घरमा जम्मा भएको फोहोर गाडी आएपछि मात्रै सडकमा रोकिएको गाडीमा पठाउन भनेको छ ।
तोकिएको समयमा गाडी नआएमा वडा कार्यालय, महानगरपालिकाको सरसफाइ शाखा तथा हेल्लो मेयरको हटलाइन नम्बर ११८१ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।
महानगरपालिकाले सार्वजनिक स्थल, खोला, नहर, सडक, चौतारो, पुलपुलेसा, बसपार्कलगायत स्थानमा फोहोर फालेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ । महानगरपालिकाले हालसालै धेरैजसो सार्वजनिक स्थलको सरसफाइ गरेको छ । नगरबासीले जथाभावी फोहोर फालिदिँदा सार्वजनिक स्थल दुर्गन्धित बनेको महानगरको भनाइ छ ।
टिप्पणीहरू