प्रधानमन्त्रीद्वारा सीके राउतसँग छुट्टै, अरुसँग सामूहिक छलफल

प्रधानमन्त्रीद्वारा सीके राउतसँग छुट्टै, अरुसँग सामूहिक छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनमा रहेका विभिन्न दलका नेताहरुसँग छुट्टाछुट्टै र सामूहकि भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा उहाँले आज बिहान साढे ७ बजेदेखि १० बजेसम्म दुई वटा भेट गर्नुभएको बताइएको छ । 

प्रधानमन्त्रीले बिहान पौने ९ बजेदेखि १० बजेसम्म नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र आमजनता पार्टीका नेताहरुसँग सामूहिक कुराकानी गर्नुभएको हो । भेटमा काँग्रेसका तर्फबाट नेता रमेश लेखक, समाजवादीका उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल तथा आमजनता पार्टीका अध्यक्ष प्रभु शाह सहभागी थिए । 

त्यसअघि बालुवाटारमा प्रधानमन्त्रीसँग जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले शिष्टाचार भेट गरेको स्रोतको दाबी छ । प्रधानमन्त्री भेट्न राउत बिहान साढे ७ बजे त्यहाँ पुगेर पौने ९ बजेको हाराहारीमा बाहिरिएका थिए ।

टिप्पणीहरू