आर्थिक मन्दीले छेकेन श्रीलंकामा डल्फिन हेर्ने भीडलाई
स्रोतः सिन्ह्वा
श्रीलंकामा डल्फिन हेर्ने दर्शकहरुको भीड लाग्ने गरेको छ । कलपिटिया तटमा डल्फिन हेर्न आउनेहरुको लर्को लागेको बताइएको छ ।
श्रीलंका घुम्न पुगेका पर्यटकहरुको मुख्य आकर्षण डल्फिन अवलोकन बनेको छ । मध्य अक्टोबरदेखि मार्चको अन्तिमसम्म डल्फिन हेर्न पाइने चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।

डल्फिन हेर्न बिहान साढे ७ बजे नै कलपिटियामा पर्यटक पुग्ने गर्छन् । उनीहरु डुंगा चढेर दुई घण्टामा डल्फिन भएको ठाँउसम्म पुग्छन् ।
गहिरो आर्थिक संकटमा परेको श्रीलंकाले यो वर्ष करिब १५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।


टिप्पणीहरू