साँझ परेपछि बाङ्गो खुट्टा टेक्नेहरू एमाले हुनै सक्दैन : एमाले अध्यक्ष

साँझ परेपछि बाङ्गो खुट्टा टेक्नेहरू एमाले हुनै सक्दैन : एमाले अध्यक्ष

एमाले अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने व्यक्तिलाई एमाले बन्ने अधिकार नभएको बताउनुभएको छ । 

‘मिसन ग्रासरुट’ अभियानको उद्घाटन गर्न आज अर्घाखाँची पुग्नुभएका उहाँले कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मदिराले मातिएर हिँड्ने मान्छे एमाले हुन नसक्ने बताउनुभएको हो । ओलीले भन्नुभयो, ‘बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे देखियो भने त्यो एमाले होइन भनेर जाने हुन्छ, एमाले नेता तथा कार्यकर्ता बोलीवचनबाट छुट्टिनुपर्छ ।’

समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियान एमालेको रहेको भन्दै उहाँले सुशासनसहित र भ्रष्टाचाररहित देश बनाउन आफ्नो पार्टी राष्ट्रिय शक्ति निर्माणमा लागेको बताउनुभयो । अर्को चुनावमा एमाले एक्लैले ५१ प्रतिशत ल्याउनेमा ढुक्क हुन कार्यकर्तालाई आग्रह गर्दैउहाँले अगाडि भन्नुभयो, ‘मिसन ग्रासरुटमार्फत् एमालेले ५१ प्रतिशत उपलब्धि हात पार्छ ।’

टिप्पणीहरू