मन्त्री भाग लगाउन बालुवाटारमा देउवा र माधव
मन्त्रिमण्डल विस्तारबारे छलफल गर्न बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको बैठक सकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सङ्ग नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल भेट्न जानुभएको थियो ।
मन्त्रिमण्डलको भागबण्डाबारे सहमति जुटाउन प्रधानमन्त्री प्रचण्डसहित अन्य पार्टीका अध्यक्षबीच निरन्तर छलफल भइरहेको छ । प्रधानमन्त्रीले भोलिसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने बताउनुभएको छ । भागबण्डाबारे छलफल जुटाउन आज बिहान बसेको बैठक यत्तिकै टुंगिएको छ ।
टिप्पणीहरू