महिलाको कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष
महिला,बालबालिका तथा ज्येष्ठ नागरिकका क्षेत्रमा क्रियाशील संकल्प नेपालले महिला नेताहरुसंग परामर्श कार्यक्रम आयोजना गरेको छ ।
बानेश्वरस्थित होटल एभरेष्टमा 'संघीयस्तरका महिला नेताहरुको परामर्श कार्यक्रम' गरिएको हो । कार्यक्रममा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालाई प्रमुख अतिथि बनाइएको छ ।
त्यस्तै, राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याल, उपसभामुख इन्दिरा राना,राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली, आयोगका सदस्य जया घिमिरे,चन्दा चौधरीलगायत चार दर्जन महिला नेता सो कार्यक्रममा सहभागी छन् ।
टिप्पणीहरू